काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ भने ७ लाख ८४ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ जना रहेका छन् । जसमध्ये १० हजार ७७२ जना होम आइसोलेसनमा रहेका छन् भने ८०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७६ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्षमुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।