काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


















