काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा आज भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।