काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित भन्दा संक्रमणमुक्त हुनेको तीन हजार बढी पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ भने एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै ९,८४१ जना छन् ।
मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर ९६ मा झरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३१३ पीसीआर र ७९७ एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको बताइएको छ ।



















