काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको बताइएको छ।
वीरेन्द्र सैनीक अस्पताल छाउनीमा उपचाररत केसीको आज विहान निधन भएको सेनाले जनाएको छ।
संक्रमणका कारण करिव एक महिना पहिले अस्पताल भर्ना हुनु भएका केसीलाई चार दिन पहिलेबाट भेन्टिलेटरमा राखिएको थियो।
सहायक रथी केसी १३ नम्बर बाहिनी लगनखेलको बाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्थ्यो । केसीका श्रीमती र दुई छोरी हुनुहुन्छ ।



















