शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारास्थित तनहुँ सोलार फार्मले सोलार प्यानल राख्न निर्माण गरिएको स्टेन्ड । बार्षिक रु १३ लाख ५० हजार बुझाउने शर्तमा ११० रोपनी भानुभक्त बहुमुखी क्याम्पसको जग्गा पच्चीस वर्षका लागि भाडामा लिई कम्तिमा ५ मेगावट विद्युत निकाल्ने प्रयास गरिएको छ । विद्युत उत्पादनका लागि एनआरएन र स्थानीय व्यावसायीको रु ४० करोडमा ठेक्का लगाइएको हो । तस्बिरः रासस