काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् भने थप २१४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८९६० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकाहरुमा काठमाडौंमा २७३३ जना, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ थपिएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।



















