काठमाडौं । उपत्यकामा निषेधाज्ञा १५ दिन थपिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
वैठकले पसल खोल्ने समय बिहान १० बजेसम्म पुर्याइएको छ, पार्टी प्यालेसमा विवाह र व्रतबन्ध रोक्ने र अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा २९ गते सकिने भएपछि पुनः दुई साता थपिएको हो ।



















