काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएका छन् ।
आजसम्म देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेको बताइएको छ ।



















