काठमाडौ । चलचित्र प्राविधिक संघको आयोजनामा सम्पन्न भएको १०औं नेफ्टा अवार्डमा नेपाली दुई चलचित्र ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ले बर्चस्व जमाएका छन् । । सोल्टी होटलमा आयोजित अवार्ड समारोहमा गत साल प्रदर्शनमा आएका चलचित्रलाई अवार्ड प्रदान गरिएको थियो । जसमा चलचित्र ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भए ।
‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदै गर्दा ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र ‘साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्नुभयो । ‘छक्का पञ्जा ३’ उत्कृष्ट चलचित्र घोषित भएको छ भने ‘हरि’ ले जुरी अवार्ड हात पारेको छ ।
त्यसैगरी चर्चित अभिनेताको अवार्ड अभिनेता अनमोल केसी र चर्चित अभिनेत्रीको अवार्ड साम्राज्ञी आरएल शाहले प्राप्त गरे ।
उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको अवार्ड कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।