काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित ४२१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ६१ हजार ८५९ जनामा भाइरसको सङ्क्रमण भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख ५४ हजार ४९४ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ९७.१९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल ५ हजार ४८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८ सय जनाको आरटीपीसीआर परीक्षण गरिएको र हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ ।
हाल ३६७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।



















