काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित ७०८ जना थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरुको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८३ प्रतिशत छ ।
हाल ६ हजार ३९६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १९ लाख २१ हजार ३६७जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४० जनाको मृत्यु दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।



















