काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित ६१३ जना थपिएका छन् । आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमित संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३९ जना सङ्क्रमित निको भएका छन् । उनी समेत गरेर निको हुनेहरुको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । मन्त्रालयका अनुसार हाल सात हजार ३८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ५१० जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८०८ जनाको मृत्यु दर्ता गरिएको छ ।



















