काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित ७२२ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर सङ्क्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म दुई लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् । अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
हाल ७ हजार ७२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार वटा आरटी पीसीआर परीक्षण भएको जानकारी दिँदै मन्त्रालयले हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७९८ जनाको मृत्यु दर्ता गरिएको छ ।



















