काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरेर कुल सङ्क्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ४४ हजार ७४३ जना निको भइसकेका छन् । ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । हाल ७ हजार ९७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,३५१ वटा आरटी पीसीआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ७७ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट १ हजार ७९५ जनाको मृत्यु दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।



















