काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ५८८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६२० जनाको आरटीपीसीआर परीक्षण भएको थियो । हालसम्म १८ लाख ७० हजार ८३० जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ४३ हजार ६६४ जना निको भइसकेका छन् । अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
हाल ८ हजार ३२० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट १ हजार ७७७ जनाको मृत्यु भएको छ ।



















