काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्दलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् वैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
त्यस्तै संवैधानिक परिषद्ले निर्वाचन आयोगमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ । आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको स्रोतको दावी छ ।



















