काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित ७८२ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर कुल सङ्क्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख ४१ हजार ३९२ जना निको भइसकेका छन् ।
हाल ९ हजार ३१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ जना पुगेको छ ।
मन्त्रालयले हाल नौ हजार ३१७ जना आईसोलेशनमा रहेको र ४२७ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पीसीआर परीक्षण गरिएको छ ।



















