काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका संक्रमित ७७६ जना थपिएका छन् । आज पुष्टि भएका समेत गरेर नेपालमा सङ्क्रमितको संख्या २ लाख ५१ ह्जार ६९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ४० हजार ३६३ जना निको भइसकेका छन् ।
त्यस्तै २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रायले जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७४९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण भएको थियो । हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल ९ हजार ५८० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । ४४४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।



















