काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित ७३६ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा पछिल्लो २४ घण्टामा ८४७ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना भाइरसका सङ्क्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ भने हालसम्म २ लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल ९ हजार ७५७ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । निको हुने दर ९५.०८ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ४९ हजार १३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । नेपालमा अहिले ४५२ जना क्वारेन्टिनमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ ।



















