काठमाडौं । नेपालमा पछिल्ला केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट निको हुने दर ९४.११ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२१ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण भइसकेको छ । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ र ५२३ जना क्वारेन्टिनमा रहेको मन्त्रायले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ जना पुगेको छ ।


















