काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २१० वटा नमुनाको आरटी पीसीआरको परीक्षण भएको थियो । अहिलेसम्म १६ लाख ९० हजार ५०९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ।



















