काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ७९० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । हाल सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षण गरिएको थियो । अहिलेसम्म १६ लाख ८१ हजार २९९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७९१ निको भएका छन् । निको हुनेको संख्या २ लाख ४ हजार ८५९ जना पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।



















