काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९८० जना सङ्क्रमित थपिएका छन् । आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा १ हजार ७ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ । उनीहरु मध्ये १८ हजार ८८४ जनामा भाइरस सक्रिय रहेको बताइएको छ ।
यसै गरि आज थप ३ हजार ४३ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।



















