काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपाला सङ्क्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक महिनामा सङ्क्रमितको संख्या दोब्बर भएको छ । यसअघि असोज २३ गते नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख नाघेको थियो ।
त्यसतै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म १ लाख ६२ हजार २४३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशैभरमा गरी ३८ हजार ९१२ जनामा सङ्क्रमण सक्रिय रहेको छ । नेपालमा हालसम्म पन्ध्र लाख ७४ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ ।


















