काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका समेत गरेर नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८५३ जना निको भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८३ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार १४८ पुगेको छ ।


















