काठमाडौं । भारतीय सेनाध्यक्ष एम एम नरवणेसँगै नेपाल भ्रमणमा रहेकी भारतीय सेनाको Army Wives Welfare Association (AAWA) की अध्यक्ष विना नरवणेले आज जंगीअड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा, संघकी अध्यक्ष श्रीमती दीपा थापासँग शिष्टाचार भेटघाट गरेकी छिन् ।
उक्त अवसरमा विना नरवणेले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुका साथै संघका अन्य पदाधिकारीहरुसँग अन्तर्क्रिया समेत गरेको बताइएको छ ।






















