काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ११४ जना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना कोरोना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।


















