काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमित संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । उनीहरु मध्ये ३७ हजार ५२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १५० जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ३७ हजार ९९२ सङ्क्रमित निको भएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।



















