काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा काठमाडौं, कास्की, अर्घाखाँची, बाँके र नवलपरासीका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा महिला र पुरुष १/१, कास्कीमा एक महिला, अर्घाखाँचीमा एक पुरुष, वाँकेमा एक महिला र नवलपारसीमा एक पुरुष छन् । आज समेत गरेर नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ जना पुगेको छ ।



















