काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरीकी ४ वर्षीया बालिका सहित ११ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेहरुमा महोत्तरीकै ३७ वर्षीय पुरुष, सिरहाका ६५ पुरुष, तीन जना ५३, ८० र ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५४ वर्षीय पुरुष, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुष रहेका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित २२ हजार १७८ निको भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।



















