काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९०, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।
प्रवक्ता गौतमका अनुसार हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ र होम आइसोलेसनमा ७ हजार २८० जना रहेका छन् ।
हाल ७ हजार ३९० जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित २२ हजार १७८ निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर आज परीक्षण भएको छ ।



















