काठमाडौ । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोराना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा ३४८ महिला र ८७३ पुरुष गरी १२२१ जनाा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६७ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २०८२२ पुगेको छ । मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार निको हुनेको दर ५४ प्रतिशत छ ।
हालसम संक्रिय संक्रमित १७५१८ रहेको बताइएको छ । ६९०६ जना होमआइसोलेसनमा रहेको र ७७९७ जना क्यारेन्टिनमा रहेको बताइएको छ । त्यस्तै १४४ जनाको आईसीयुमा राखेर उपचार भइरहेको र १७ जना भेन्टिलेटरमा रहेको बताइएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी, वारा, महोत्तरी, काठमाडौंमा १÷१ महिला र सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर, नवपरासीमा १/१ पुरुष र महोत्तरी र रुपन्देहीमा २/२ जना पुरुषको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२७१७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण ६८२३४३ गरिएको बताइएको छ ।




















