काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जना सहित १२ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले गरेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २÷२ जनाको मृत्यु भएको छ ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
कोरोना संक्रमितको संख्या वृद्धिसँगै मृतकको पनि संख्या वृद्धि भएको छ । शुक्रबार पनि १२ जनाको मृत्यु भएको छ । शुक्रबार र शनिबारको तथ्यांक हेर्दा प्रत्येक दुई घण्टा बरावर एक जनाको मृत्यु हुन थालेको छ ।



















