काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार दिएको जानकारी अनुसार २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।
आज थपिएका ८८४ मध्ये काठमाडौं उपत्यकामा १८६ जना जना छन् । शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ प्रवक्ता गौतमले बताएका छन् । उनीहरु मध्ये होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।
हाल देशभरका क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन् ।



















