काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा संक्रण पुष्टि भएको हो । उनीहरुमध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितका संख्या १६ हजार ८ सय १ पुगेको छ।
त्यसतै नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ५८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जानको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।



















