काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३१ जना डिस्चार्ज भएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।
नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ भने थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।



















