काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।
बिहीबार १ सय ३९ जना डिस्चार्जसँगै नेपालमा कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा २४ हजार ४२५ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत रहेका छन् ।
नेपालमा हालसम्म ३५ जना कोरोना संक्रममितिको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १९६, प्रदेश २ मा २ हजार २४, बागमती प्रदेशमा ४२९, गण्डकीमा ८६२, प्रदेश ५ मा १ हजार ७२७, कर्णाली प्रदेशमा ४०५ सुदूरपश्चिम प्रदेशमा २ हजार ९६२ कोरोना संक्रमित उपचाररत छन्।
त्यस्तै प्रदेश १ मा ५४३, प्रदेश २ मा २ हजार २३४, बागमतीमा २८७, गण्डकी प्रदेशमा ३५५, प्रदेश ५ मा २ हजार २९६, कर्णाली प्रदेशमा १ हजार २३८, सुदूरपश्चिम प्रदेशमा ९३८ कोरोना मुक्त भएर घर फर्किसकेका छन्।
कोरोना भाइरस नेपालका ७७ वटै जिल्लामा फैलिएको थियो । तर हाल धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मुस्ताङ कोरोना मुक्त भएका छन् ।




















