काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालये जनाएको छ । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।
देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



















