काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
जसमध्ये उपत्यकामा मात्रै २८ थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ । कुल संक्रमित मध्ये हालसम्म ७ हजार ४ सय ९९ निको भएर डिष्चार्ज भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकाहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जना छन् भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा कोरोना भेटिएको छ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम र बैतडीका ११÷११, डोटीका ७, गोरखा, काठमाडौं र सिन्धुलीका १÷१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
प्रवक्ता गौतमका अनुसार किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २, धुलिखेल अस्पतालमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको छ।
यस्तै, पाटन अस्पताल ललितपुरमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १÷१, सर्लाहीका ३, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १र१ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका १, बागलुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका दुई जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
उता भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यान र सुर्खेतका ५÷५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुर्खेतका ३, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ६ जनामा कोरोना पुष्टि भएको छ।
हालसम्म पिसिआर परीक्षणको संख्या २ लाख ६१ हजार ८ सय ६१ पुगेको स्वास्थ्य मन्त्रायले जनाएको छ।




















