काठमाडौं सर्वोच्च अदालतको २८औं नेतृत्वका लागि सर्वोेच्च अदालतका स्थायी न्यायाधीश ओमप्रकाश मिश्रको नाममा सुनुवाई आजबाट शुरु हुँदैछ। संसदीय सुनुवाई समितिले मिश्रविरुद्ध परेका उजुरीको बारेमा प्रश्न गर्दै अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने छ ।प्रधानन्यायाधीशमा सिफारिस भएको दुई सातापछि मिश्रको सुनुवाइ हुन लागेको हो। यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
यसअघि सिफारिस गरिएका जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेको भित्र परेका थिए। त्यसमध्ये पहिलो रोजाइमा मिश्रको सिफारिस भई सुनुवाइ हुन लागेको हो।
यसअघि संसदीय सुनुवाईबाट सर्वोच्चमा मात्र १० जना प्रधानन्यायाधीश भई सकेका छन्। अनुमोदन भएमा मिश्र ११औ हुनेछन् भने अस्वीकृत भएका दोस्रो व्यक्ति हुने छन्।