कानुन मन्त्री शेरवहादुर तामाङ्गले राजिनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढन गएका छात्राहरुका बारेमा जथाभावि अभिव्यक्ति दिएको बिषय सर्वत्र आलोचना भएपछि सत्तारुढ पार्टीबाटै उनको राजिनामा हुनुपर्ने दबाब बढेको थियो । कानुन मन्त्री राईले आज दिउसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजिनामाको घोषणा गर्ने भएका छन् ।
मन्त्री तामाङले विज्ञप्ति मार्फत माफी मागे पनि उनको अभिव्यक्तिले सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै पार्टीले राजिनामा दिन सुझाब दिएको छ ।
मन्त्री तामाङ्गले भने, मैले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा दिन लागेको हुँ, ‘प्रतिष्ठाभन्दा ठूलो पद होइन ।’
उनले पार्टीको निर्देशन या दबाब भन्दापनि स्वैच्छाले राजीनामा दिन लागेको बताए ।