एक यु–ट्युब च्यानलमा कलाकारसँग ‘भल्गर’ तथा द्विअर्थी अन्र्तवार्ता लिएर चर्चामा आएकी सोनिका रोकाया रातारात मोडल बनेकी छन् । उनको प्रस्तुती कुनै हलिउडकी सेक्सी मोडलको भन्दा कम छैन । सोनिकाको प्रस्तुती र हाउभाउ हेर्दा लाग्छ ‘यो भल्गरकै जमाना हो, जहाँ सोनिकाहरु रातारात हिट हुन्छन् ।’
द्विअर्थी भाषाशैलीसँगै ग्ल्यामरस प्रस्तुती सोनिकाको शैली हो । जसले गर्दा उनी चर्चासँगै आलोचित पनि बनिन् । तर, जेसुकै भएपनि सोनिकाले यु–ट्युबकारबीच एउटा टे«ण्ड बसाइन् । त्यही टे«ण्डलाई पछ्याउँदै हिजोआज अधिकांश ‘यु–ट्युबे’हरुले द्विअर्थी तथा ‘भल्गर’ अन्र्तवार्ता ‘सेगमेन्ट’ चलाउँदै आएका छन् ।
https://www.youtube.com/watch?v=7Kv2x0kT82c
तर, सोनिका भने मोडलिङतिर व्यस्त हुन थालेकी छन् । यिनै सोनिका अभिनीत एउटा भिडियो सार्वजनिक भएको छ । बिष्ट सिरिषको शब्द तथा संगीत तथा सुनिल कटवालको स्वर रहेको ‘गाना बजा डिजे लगा’ शीर्षकको गीतमा सोनिकाले हलिउड लुक्स दिएकी छन् । भिडियोमा विक लगाएर उनले आफूलाई नयाँ लुक्समा देखाउने प्रयास गरेकी छन् ।
गीतमा सोनिकाकै पनि स्वर रहेको छ । भिडियोमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ ¥याप समावेश छ । यस हट भिडियोमा सोनिकाका अलावा शंकर र जेनेरेशन क्रुलाई पिÞmचरिङ गरिएको छ ।
अष्ट्रेलियामा बसेरै लामो समयदेखि निरन्तर गीत संगीतलाई अगाडी बढाइरहेका सुनिल कटुवालको यो गीतको भिडियोलाई सोभित बस्नेतले निर्देशन गरेका हुन् । सुजन मार्फा तामाङले कोरियोग्राफी गरेको यस भिडियोमा पवन सुस्लिङको छायांकन र द मोन्टागेले सम्पादन गरेका हुन् ।