बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आइपुगेकी छन् । उनी एक ज्वेलरीको शोरुम उद्घाटन गर्न काठमाडौं आएकी हुन् । उनले सोमबार नै शोरुमको उद्घाटन गर्दै भनिन्, ‘आज म एकदमै खुसी छु ।’
राजधानीमा नयाँ खुलेको ‘मेरीगोल्ड’ नामक ज्वेलरी शोरुमको उद्घाटन गर्दै करिश्माले भनिन्, ‘आज म एकदमै खुसी छु किनकि सगरमाथाको देश नेपालमा आएकी छु । म नेपाललाई माया गर्छु ।’ उनले नेपाल र नेपालीको प्रशंसा गर्न समेत भ्याइन् ।
करिश्माले पहिले पनि नेपाल आएको बताउँदै भनिन्, ‘धेरैपछि नेपाल आएकी छु अर्थात १५ वर्षपछि आएकी हुँ ।’ करिश्मालाई पञ्चेबाजाले स्वागत गरिएको थियो ।