इन्जिनियरकी विद्यार्थी शृंखला खतिवडाले यस वर्षको ‘मिस नेपाल’को ताज पहिरिएकी छन् । २२ बर्षीया शृंखलाले शीर्ष उपाधिसँगै बेस्ट हेयर र बेस्ट फेसन विधाको टाइटल पनि आफ्नो पोल्टामा पारिन् ।
सामाजिक कार्य तथा पर्यटनको क्षेत्रमा रुचि राख्दै
आएकी शृंखला राजनीतिक परिवारकी हुन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष छिन् ।
बुधबार राति राजधानीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २४ लाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल’को यो शृंखला जितेकी हुन् । ‘मिस नेपाल–२०१८’का लागि २५ जना प्रतिस्पर्धी थिए । शृंखलाले आउँदो ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै, प्रतियोगितमा ‘मिस नेपाल अर्थ’ उपाधि प्रिया सिग्देल, ‘मिस नेपाल इन्टरनेसनल’ उपाधि रोमाली आमात्य र ‘मिस नेपाल युनिभर्स’को उपाधि मनिता देवकोटाले जितेका छन् ।