‘केयुसिटी कलेज मिस एसईई–२०१८’ को सातौ सिजन सुरु भएको छ । सेन्टर मिडियाद्वारा आयोजित यस प्रतियोगिताका लागि आवेदन खुलेको जनाइएको छ । आयोजक संस्थाका अध्यक्ष अर्पण राईका अनुसार अन्तिम प्रतिस्पर्धाका लागि आउँदो ८ र १५ बैशाखमा अडिसन हुँदैछ । इच्छुक छात्राले अडिसनको अघिल्लो दिनसम्म आवेदन दिन सक्ने अध्यक्ष राईले बताए ।
यो प्रतियोगिता यसपटक एसईई परीक्षा दिएर बसेका छात्रालाई लक्षित गरेर गरिएको हो । यस प्रतियोगितामा सहभागी हुनका लागि उचाई र तौलको कुनै हदबन्दी तोकिएको छैन । एसर्ईई परीक्षा दिएर बसको जो–सुकै छात्राले प्रतियोगितमा सहभागी जनाउन पाउने आयोजकले जनाएको छ । साथै, उपत्यका बाहिरबाट एकैसाथ १० भन्दा बढी आवेदन परेमा अडिसन नलिई सिधै अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने पनि बताइएको छ ।
अडिसनमा छानोट भएकाहरुलाई स्वीमिङ, लुम्बिनीको शैक्षिक भ्रमण, डान्स, फोटोसुट, विभिन्न कलेजको भ्रमणलगायत आत्मविकाससम्बन्धी ग्रुमिङ कक्षा दिइने अध्यक्ष राईले बताए ।
यस प्रतियोगिताका शीर्ष विजेतालाई स्कुटर र फुलस्करशीप दिइने पनि बताइएको छ । साथै, फस्ट रनरअपलाई स्मार्ट फोन तथा ८५ प्रतिशत स्कलरशीप एवं सेकेण्ड रनरअपलाई पनि स्र्माट फोन र ७५ प्रतिशत स्करशीप प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा सहभागी सबैलाई ५० प्रतिशत शैक्षिक स्कलरशीप तथा निःशुल्क ब्रिजकोर्षको व्यवस्था गरिने जनाइएको छ ।