मेगास्टार राजेशपायल राईबारे एउटा किस्सा नै बनेको छ । त्यो के भने ‘राजेशपायलले स्टेज चढेपछि गीत गाउनै पर्दैन, हल्ला गरे पुग्छ ।’
हुन पनि यी नेपाली गायन क्षेत्रका मेगास्टार स्टेज उक्लिनेवित्तिकै दर्शक तात्तिहाल्छ, ‘दर्शन नमस्ते…’ भन्दै । हो, यी मेगास्टारले दुबई राम्रै हल्लाए ।
पाश्र्वगायनसँगै देश–विदेशको स्टेज कार्यक्रममा सर्वाधिम व्यस्त राजेशपायल यो साता दुवईको एक स्टेजमा झुल्किए, जहाँ उनले दर्शक तथा श्रोताको हुटिङले हल गुञ्जियो ।
‘नाई नभन्नु ल’जस्ता आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा राजेशपायलले वान्समोर नपाउँने कुरै भएन । तर, उनले आफ्ना अरु पनि त्यस्तै लोकप्रिय गीतहरु प्रस्तुत गर्दै गए । राजेशपायलका अधिकांश गीत दर्शक तथा श्रोताको ओठमा झुण्डिएको हुन्छ । उनका बारे किस्सा बनाइएको हुनुपर्छ किनकि राजेशपायलले गाउन सुरु गर्दा–नगर्दै दर्शकबाट उनका गीत गाइन्छ । त्यसपछि राजेशपायललाई केपो चाहियो र ? माइक दर्शकतिर फर्काइदिए पुग्छ ।
राजेश पाण्डेले आयोजना गरेको उक्त कार्यक्रममा राजेशपायलले मनको कुरा, नाई नभन्नु ल, मैले मायाले दिएको चिनो, दर्शन नमस्तेलगायतका गीत प्रस्तुत गरेका थिए, जहाँ उपस्थित दर्शकले राजेशपायलको वाहवाहीसँगै मनोरञ्ंजन लिए ।
कार्यक्रममा गायक जयनन्द लामालगायत स्थानिय कलाकारको पस्तुति पनि प्रस्तुति थियो । तर, राजेशपायल कार्यक्रमका आर्कषक थिए । राजेशपायल दर्शकको विशेषगरी महिलाको आर्कषक हुनुको कारण उनी ब्याचलर हुनु पनि हो ।
राजेशपायलको लोकप्रियता र व्यस्ततालाई नजिकबाट नियाल्नेहरु भन्छन्, ‘राजेशपायलका समकक्षीहरु कुन दुलो छन् थाहा छैन । तर, राजेशपायललाई भने भ्याइनभ्याई छ । उनको लोकप्रियता झनै चुलिँदो छ ।’ एक किसिमले हो पनि । त्यसैले पनि अहिलेसम्म राजेशपायलले बिहे नगरेको पो हुन् कि ? यो कौतुहलतालाई दर्शकले राजेशपायलकै मुखबाट सुन्न चाहेका छन् ।
दुवईमा गरिएको सो कार्यक्रमबाट उठेको रकम भोजपुर जिल्लामा अपांगता भएकाहरुको शिक्षाका लागि खर्च गरिने बताइएको छ ।