मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न लागेको ‘नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१८’को उत्कृष्ट १० को मनोनयन सुचि सार्वजनिक गरिएको छ । आयोजकले बिहीबार विज्ञप्ती प्रकाशित गर्दै मनोनय सार्वजानिक गरेको हो ।
पहिलोपटक आयोजना हुन लागेको उक्त अवार्डमा नेपालभित्र छरिएर रहेका विविध भाषाका गीत संगीतको प्रवद्र्धन गर्नु उद्देश्य रहेको बताइएको छ ।
कार्यक्रमका निर्देशक राजन थापाका अनुसार नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले उक्त कार्यक्रमले भाषिय सर्जकलाई प्रोत्साहन गर्नेछ ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१८ को नेपाली मूलभाषाअन्तर्गत चलचित्र, आधुनिक÷पप र लोकदोहारी तीन विधा रहेका छन् भने नेपालमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तमाङ, मगर, लिम्बू, राई, शेर्पा, थारुलगायत ८ भाषाको उत्कृष्ट १० को छनोट गरी मनोनय सार्वजानिक गरेका गरिएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले वताए ।