प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने घोषणा गरेका छन् ।
इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को उद्घाटन गदै उनले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताएका हुन् ।
‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि उत्तिकै योगदान रहेको छ’ उनले भने, ‘वास्तवमा राष्ट्रिय एकताका प्रवर्तकका रुपमा कालु पाँडे भएकाले उनको समाधिस्थललाई संरक्षण गरी प्रवद्र्धन गर्न जरुरी रहेको छ ।’
समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत प्रमले घोषणा गरे । प्रधानमन्त्री ओलीले पुर्खाले निर्माण गरेका नेपालका गढी र किल्लालाई संरक्षण गर्नुपर्ने धारणा राखे । उनले दहचोकको विकासका लागि जनताको उत्साह, सहभागिता र अठोट हुनुपर्ने बताए ।
यसभन्दा अघि ठिक एक वर्ष अगाडि त्यहाँ जाँदाको स्मरण गर्दै प्रम ओलीले भने, ‘म गतवर्ष आजकै दिन यहाँ आउँदा भन्दा अलि विकास भएको पाएको छु । अब फेरि पनि अर्को वर्ष यही दिन यहाँ आउँदा झनै विकास हुनेछ ।’




















