इञ्जोय मुभिजको व्यानरमा नयाँ फिल्म ‘फल्ट’ घोषणा गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा फिल्मका निर्देशक सुवास जिसीले फिल्मले समाजमा आपूmलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई विषयबस्तु बनाएको बताए ।
फिल्ममा सन्तोष काफ्ले निर्माता छन् ।
फिल्मलाई शुभकामना दिँदै पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै फिल्म क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए । पूर्वसभामुख नेम्बाङले नेपाली कलाकारले विदेश फिल्ममा कमाएको ख्यातीबाट आफू परिचित रहेको बताउँदै पाकिस्तानको कराँची जाँदा त्यहाँ शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको खुलाए ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्ने किसिमका फिल्म बनिरहेका बेला फिल्म ‘फल्ट’ले त्यही बाटोलाई समात्नेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले पनि शुभकामना दिएका थिए ।
फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन् ।
फागुनको पहिलो साताबाट फ्लोरमा जाने फिल्ममा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ । इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने फिल्म २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।